
मोरङ, जेठ १३ गते ।
मोरङको सुन्दरहरेचा र केराबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सुन्दरहरैचा नगरपालिका–९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका–११ का ३१ बर्षीय गोबिन्द बजगाई घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते बजागाईलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै केरावारी गाउँपालिका–९ को भित्री सडक खण्डमा को ३८ प १०७१ नम्बरको मोटरसाईकल बाटोमा ढली राखेको रुखको हांगामा ठोक्किएर सोमवार राती १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय बिकास गुरुङ उपचारको क्रममा बिराटनर्सिङ होम बिराटनगरमा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
