Friday, May 22News That Matters

हात्तीको आक्रमणमा भारतीय युवकको मृत्यु

झापा जेठ १३ गते । 

झापाको गौरिगञ्जमा जंगली हात्तिको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका साईलो मुर्मु भारतीय नागरिकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको हो ।

बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय मुर्मुको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ ।

घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।