
मोरङ, चैत्र ११ गते ।
मोरङको लोहन्द्रा खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–२ निबासी २२ बर्षीय मित्र याक्खा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
पानीमा डुबेर अचेत अबस्थामा दिउँसो साँढे ३ बजे फेला परेको याक्खालाई तत्काल उद्धार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा उपचारको क्रममा सवा ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
