Sunday, June 28News That Matters

खोलामा डेबर बालकको मृत्यु

उदयपुर, कात्तिक ४

उदयपुर चौदण्डिगढीको देबधारमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । चौनापा– १० निबासी ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु  भएको हो ।
हिजो दिउँसो ४ बजे स्थानीय देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे  ईलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।