Tuesday, May 12News That Matters

खोलामा बालुवा निकाल्न गएका सरदारको डुवी मृत्यु

पूर्णपुष्टि , जेष्ठ २१

मोरङको कटहरी गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुवी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३९ बर्षीय जोगलाल सरदार रहेका छन् ।

हिजो बेलुकी ५ बजे लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका सरदारको पानीमा डुवी मृत्यु भएको हो । पानीमा डुवी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा घरमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।