Friday, May 15News That Matters

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

पूर्णपुष्टि, फागुन १
खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको ज्यान गएको छ । झापाको मेचिनगर नगरपालिका–१३ सुगम टोल स्थित फुलबासा खोलामा माछा मार्दा करेन्ट लागेर ५० वर्षीय मान बहादुर बराईलीको ज्यान गएको हो ।
हिजो बेलुका ४ बजे बराईलीले आफ्नै घरबाट विजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।