
पूर्णपुष्टि, माघ ५
सुनसरीको बराहक्षेत्र नगरपालिका–४ सर्दुखोलामा आइतवार एक युवक मृत अवस्थामा फेला परेको छ । मृतक सुनसरीकै रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान रहेको प्रदेश प्रहरीले जनाएको छ ।
दिउँसो साढे ४ बजेको समयमा मृतकको खबर पाए लगत्तै प्रहरी चौकी भरौलबाट खटिएको टोलीले देवानलाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।
