Wednesday, May 6News That Matters

खोलाले बगाएर १ जनाको मृत्यु

झापा/भदौ ९ गते ।

झापाको माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका – १० सुकुम्बासी निबासी बसनेताला हस्ताको घरमा बस्दै आएका साहेब सरदारको मृत्यु भएको हो ।

गत ५ गते माई खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको सरदारको प्रहरी र स्थानियको सहयोगमा खोजतलास गर्ने क्रममा आईतबार साँझ ४ बजे ६ नम्बर वडाको शिवगंजका खोला विचमा फेला पारेको प्रहरीले जनाएको छ ।