
झापा, असार २८
झापाको बिरीङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ बस्ने ३५ बर्षीय राजेश गणेशको खोलाले बगाएर मृत्यु भएको हो ।
मलामी गएको बेला बिरीङ खोलामा पौडी खोल्ने क्रममा हिजो साढे २ बजे डुबेर बेपत्ता भएका राजेशलाई खोजी गर्ने क्रममा बेलुका साढे ७ बजे करिब ३ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
