Saturday, June 27News That Matters

खोलाले बगाएर १ जनाको मृत्यु

झापा, असार २९

झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका–३ बस्ने ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाएर मृत्यु भएको हो ।

आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर करिब २ सय मिटर तल खोला छेउमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी चौकी पथरीयाबाट प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।