Monday, June 29News That Matters

खोलाले बगाएर १ जनाको मृत्यु

झापा, श्रावण १ 

झापाको अर्जुनधारामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको हो ।

हिजो दिउँसो साँढे ५ बजे बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६०० मिटर तल मृत फेला पारेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इप्रकाले जनाएको छ ।