
पूर्णपुष्टि साउन १
सवारी ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेको छ । त्रियुगा नगरपालिका –६ निबासी ३२ वर्षीय टंकबहादुर विक विहिबार पक्राउ परेको हो ।
२०६७ असोज १४ गते जिल्ला अदालत उदयपुरबाट २० दिन कैद र २ हजार जरीवाना फैसला सुनाएपछि फरार रहेको प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा फरार रहेको अभियुक्त विकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले उनको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विकलाई आवश्यक कारबाहीको लागी जिल्ला अदालत उदयपुर पठाएको प्रहरीले जनाएको छ ।
