
पूर्णपुष्टि, साउन १
भारतको बिहारमा उद्घाटन भएको एक महिनामै पुल भत्किएको छ । २ सय ६४ करोड रुपैयाँमा निर्माण गरिएको विहार राज्यको सत्तरघाट महासेतु पुल उद्घाटन भएको एक महिनामै भत्किएको हो ।
२ सय ६४ करोड भारु आर्थत (४ सय २२ करोड नेरु) मा निर्माण गरिएको पुलको बिहारका मुख्यमन्त्री नीतिश कुमारले एक महिना पहिले अर्थात् १६ जुनमा उद्घाटन गरेका थिए ।
गत राति परेको भारी वर्षाको कारण गण्डक नदीमा पानीको मात्रा बढ्दा त्यसको भार थाम्न नसकेर पुल भत्किएको जनाईएको छ ।
सन् २०१२ बाट निर्माण सुरु गरिएको यो पुल ८ वर्ष लगाएर एक महिना पहिलेमात्र सम्पन्न भएको थियो । बिहारको गोपालगञ्जलाई चम्पारण तथा तिरहुतका धेरै जिल्लासँग जोड्ने यो पुल भत्किएपछि यी क्षेत्रमा आउने जाने बाटो बन्द भएको छ ।
यो पुल निर्माणमा मुख्यमन्त्री नीतिश कुमारले भ्रष्ट्राचार गरेको भन्दै अहिले बिहारमा उनको तीव्र आलोचना भइरहेको छ ।
