
ईलाम, बैशाख १६ गते ।
ईलामको फाकफोक खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । फाक्फोक्थुम–३ रातमाटेका १२ बर्षीय मनोज लिम्बुलाई खोलाले बगाएर मृत्यु भएको हो ।
साथीसंग घर नजिकै रहेको फाक्फोक खोलामा हिजो दिउँसो साढे १ बजे माछा मार्न गएका लिम्बुलाई अविरल वर्षापछि आएको बाँढीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएका लिम्बुको आफन्तले खोजी गर्ने क्रममा करिब २ किलोमिटरको दुरीमा खोलाको किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटेको प्रहरी टोलीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।
