Monday, April 20News That Matters

खोलाले बगाएर ४ वर्षीया बालिका बेपत्ता

पूर्णपुष्टि, भदौ २३
पाँचथरमा खोलाले बगाउँदा एक ४ वर्षीया एक बालिका बेपत्ता भएकी छिन् । हिलिहाङ गाँउपालिका–७ सल्लेरीका गजेन्द्र लिम्बूकी ४ वर्षीया छोरी आँचल लिम्बूलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । पाँचथर प्रहरीले जनाएको छ ।
साथीहरुसँग खेल्न हेंवा खोला गएकी ती बालिकालाई सोमबार साँझ नै खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । खोलाले बगाँउदा बेपत्ता उनको खोजीका लागि प्रहरी नायव उपरीक्षक दानबहादुर थापाको कमाण्डमा गएका प्रहरीसँगै स्थानीयले खोजिकार्य जारी राखे पनि हालसम्म फेला नपरेको बताइएको छ ।
प्रहरीका अनुसार दाइ–दिदी र छिमेकका साथीसँगै खोलामा गएकी बालिका किनारमा खेल्ने क्रममा खोेलाले बगाएको हो ।