Sunday, April 19News That Matters

उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८२ पुग्यो

पूर्णपुष्टि, भदौ २३
उदयपुरमा आज (बुधबार) थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ४ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४५२ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा १ महिला र ३ पुरुष गरी ४ जना, कटारीमा २ जना महिला र बेलकामा पनि १ जना महिलामा संक्रमण देखिएको हो ।
कोरोनालाई जितेर थप १८ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुँनेको कुल संख्या १ हजार ५४२ महिला र १ हजार ८१० पुरुष गरी ३ हजार ३५२ जना पुगेको छ । जिल्लामा अझै पनि ४० महिला र ३८ पुरुष गरी ७८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।