
पाँचथर, साउन ११ गते ।
पाँचथरको ठिङगेपुर खोल्छामा पौडि खेल्दा एक जना बालकको मृत्यु भएको छ । याङवक गाउँपालिका – १ र २ को सिमाना ठिङगेपुर खोल्छामा पौडि खेल्ने क्रममा बालकको मृत्यु भएको हो ।
पालिका – १ निबासी डम्बर मगरको छोरा ११ वर्षीय अर्विन मगरको पौडी खेल्ने क्रममा पानीमा डुबी साँझ करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पानीमा डुबेको देखेपछि बहिनिले अभिभावकलाई खबर गरी तत्काले उद्दार गरी जिल्ला अस्पताल फिदिम ल्याएपनि पौने १० बजे डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।