पूर्णपुष्टि, कार्तिक १४
उदयपुरको क्षेत्र न दुईमा गठबन्धन चुनाबी अभियान लिएर लिम्चुङबुङ गाउपालिका पुगेको छ । गठबन्धनले कार्तिक १३ गते लिम्चुङबुङको वार्ड न ४ को बलम्तामा कार्यक्रता भेटघाट कार्यक्रम गरेको छ । यस्तै यस्तै आज १४ गते वार्ड न दुईको ताम्लीछामा जनतासगँ अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सो कार्यक्रममा गठवन्धनको तर्फवाट क्षेत्र न दुईका उम्मेद्धार जगन्नाथ खतिवडा , प्रदेश क का उम्मेद्धार नारायण बुर्जा मगर लगायतका उम्मेद्धारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमलाइ सम्वोधन गर्दै जगन्नाथ खतिवडाले अवको सरकार पनि गठवन्धनले नै वनाउने वताउनु भएको थियो ।
कार्यक्रममा सहभागी योग कम्युनिष्ट लिग उदयपुरका इन्चार्ज दिपक किरातीका अनुशार गठबन्धनको कार्यक्रममा जनताको उल्लेख सहभागिता रहेको छ । गठबन्धनले क्षेत्र न दुइमा कार्तिक १६ गते सम्म चुनाबी कार्यक्रम गर्दै छ ।


