Friday, June 5News That Matters

उदयपुरमा भएको आगलागीमा १ करोड ६५ लाख बराबरको क्षती

पूर्णपुष्टि, कार्तिक १४
उदयपुरको त्रियुगा नगरपालिका ७ मा भएको भिषण आगलागीमा करडौँको क्षती भएको छ । आईतबार बेलुका करिब १०ः३० बजेको समयमा बिद्युत सर्ट भैई आगलागी भएको प्रहरीले जनाएको छ । चुहाडे चोक स्थित पर्शुराम राईको जग्गा भाडामा लिई व्यवसाय गर्दै आएका ३ जनाको पसल पूर्ण रुपमा जल्दा १ करोड ६५ लाख बराबरको क्षती पुगेको हो । आगलागीबाट क्षती बेहोर्नेहरुमा चुहाडेकै ३५ बर्षिय राजु कार्की, अनिल घिमिरे र बिरेन साह रहेको छ ।

कार्कीले बनाएको टिनको छाना तथा ट्रस जडान गरेको घरबाट बिधुत सट भई आगोलागि हुँदा उक्त घरमा संचालनाम रहेको तिनै पसलहरु जलेर नष्ट हुनुका साथै त्यसमा रहेका किराना, कपडा पसल, फर्निचर, एग्रोभेट, फलफुल पसल र होटलहरु पूर्ण जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राकेश कुमार पोदारले जनाउनुभयो ।
कार्कीको घर र घरको एउटा सटर, कोठा भित्र रहेको कपडा पसल, तथा फर्निचर, सुन ७ तोला र नगद अन्दाजी तिन लाख पचास हजार गरी ८० लाख बराबरको क्षती पुगेको हो । छ भने सोही ठाउँका अनिल घिमिरेको एउटा सटर, कोठा भित्र रहेको एग्रोभेट पसलको सम्पुर्ण मालसामानहरु गरी रु ६५ लाख बराबरको क्षती हुनुका साथै सोही ठाउँका बिरेन साहको एक सटर, कोठा भित्र रहेको होटल र होटल संगै जोडेर बनाएको टाटीबेराको फलफुल पसल, ३ तोला ८ आनी बराबरको सुनको गर गहना र एक लाख छयानब्बे हजार नगद गरी २० लाख बराबरको क्षती पुगेको प्रहरीले उल्लेख गरेको छ ।