पूर्णपुष्टि, कार्तिक १४
राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हरि बहादुर बस्नेतले निर्वाचन तथा चुनावी राजनितिक नगर्ने जनाएको छ । बस्नेतले ५३ बर्षको राजनितिक अनुभवहरु बताउँदै अब आफु चुनावी राजनितिक बाट भने पछि सरेको जनाए । सोमवार जिल्ला पार्टी कार्यालय उदयपुरमा पत्रकारहरु सँग कुरागर्दै राजनितिक बाट पछि नहट्ने तर निर्वाचनको राजनिति भने नगर्ने पुष्टि गरेका हुन् । प्रतिनिधि भएपछि जनताको हर समस्याका लागि दौडिरहनु पर्छ उनिहरुको आवश्यकता पुरा गर्न दिन रात भन्न पाईँदैन् यो सब गर्न अब मलाई आफ्नो शरिरले उत्ति साथ दिँदैन जस्ले गर्दा मैले यो पटक देखी राजनितिकमा चुनाव नलड्ने निर्णय गरेको हुँ, बस्नेतले “भने,

बस्नेत केहि समय अघी चुनावमा होमिने भन्दै पत्रकार सम्मेलन मार्फत जनताहरुलाई जानकारी गराएका थिए । पछिल्लो समय आफुलाई बिराम लागेको र शरिरले साथ दिन्न की भन्ने लागेपछि चुनावबाट आफु पछि हटेको जानकारी गराए । आफु अहिले नै ८२ बर्ष पुगी सकेको अवस्थामा यदि चुनाव जितिहाले पनि त्यो अबधिभर आफु ८७ बर्ष पुग्ने र त्यो बेला जनताहरुलाई दिनु पर्ने सेवाहरुमा असहज हुने हो की भन्ने आफुलाई लागेको उनले बताए । बस्नेतले देशमा कुनै पनि नेताहरु जनतामुखी नरहेको समेत टिपपणी गरे । उनले नेपालको राजनितिक दलहरुको सिद्धान्तमानै भ्रष्टचारको जालो रहेको समेत आरोप लगाए । नेता र राजनितिक दलले खाली जनताको अवस्था हेर्ने हो, ठुलठुला योजनाहरुको कुरा गर्ने हैन् उनले भने,” तर खाली नेताहरु भने ठुला योजनाहरुका कुरा गर्ने र त्यसको सबै बजेटहरु ठेकेदार, कर्मचारी देखी नेताहरुले भाग लगाएर अर्बौँ कमाउने सिद्धान्त नै भैसकेो जनाए । उनले राष्ट्रिय प्रजातान्त्र पार्टीमात्रै यस्तो पार्टी हो जस्ले अहिले सम्म कुनै पनि भ्रष्टचार, अपराध जस्ता केसहरुमा नमुछिएको जनाए । उनले केन्द्रीय प्रतिनिधिको उम्मेदवार धुर्व रायमाझी र प्रदेश प्रतिनिधिका उम्मेदवार ज्ञान बहादुर राईको बारेमा निर्वाचन सम्बन्धी प्रचारप्रसामा जोड गरिनिन पनि आह्वान गरे । उनले ३३ बर्ष बहुदलले देश चलाउँदा पनि नेताहरुको अवस्था मात्रै फेरिएको तर जनताको अवस्था जिउँको तिउँ रहेको जनाए ।
