पर्णपुष्टि, कार्तिक ३ गते ।
आज कार्तिक ३ गते गठबन्धन र एमालेले एउटै वडामा चुनाबी कार्यक्रम गर्दैछन् । प्रतिनिधि सभा क्षेत्र नं. १ का गठबन्धन तर्फका उम्मेदवार डा. नारायण खड्का र प्रदेश सभा ‘ख’ का उम्मेदवार हिमाल कार्कीकोको सयुक्त कार्यक्रम त्रियुगा नगरपालिका–६ जलजलेको शिव मन्दिरमा ११ बजेपछी हुदैछ ।
यस्तै, एमालेका क्षेत्र नं. १ प्रदेश ‘ख’ का उम्मेदवार इश्वर मणि राउतको टोलिले त्रिनपा–६ मोहनपुरमा दिउँसो १ बजे कार्यक्रम गर्नेछन् ।
यस अघि आज बिहान एमालेले त्रिनपा–५ श्रीपुरमा चुनाबी कार्यक्रम गरेको थियो । गठबन्धनले भने त्रिनपा–९ को दनुवार महिला भबनमा कार्यक्रम गरेको थियो । सो कार्यक्रम मा डा. नारायण खड्का, हिमाल कार्की लगायत उपस्थित भएका थिए ।
