
पूर्णपुष्टि, असार ११
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दीका ६ जना, बाग्लुङका २ जना, नवलपरासी सुस्ता पूर्वका २ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अहिलेसम्म उक्त संक्रमित मध्ये ९१ जना उपचारपछि निको भएका छन् १ जनाको मृत्यु भएको छ ।
