Sunday, May 17News That Matters

प्रिमियर लिगमा लिभरपुलको जित

पूर्णपुष्टि, असार ११

इंग्लिस प्रिमियर लिगमा लिभरपुल क्रिस्टल प्यालेसमाथि ४ –० को गोलले पछि पार्दै जित हात पारेको छ ।

गतराति घरेलु मैदान एनफिल्डमा भएको खेलको सुरुवातदेखि लिभरपुलले प्यालेसमाथि दबाब बनाएको थियो । खेलको २३ औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएको थियो ।

पहिलो हाफको १५ औँ मिनटा मोहमद सलाहले गोल गरे । दोस्रो हाफको ५५ औं मिनेटमा फाबिन्होले गोल गरे । ६९ औं मिनेटमा मानेले वन भर्सेस वनले गोल गर्दै टिमलाई जित दिलाएको थियो ।

जितपछि लिभरपुल उपाधिको निकै नजिक पुगेको छ । लिभरपुलले अर्को खेल म्यानचेस्टर सिटीसँग खेल्नेछ । त्यसअघि सिटीले चेल्सीको सामना गर्नेछ । सिटीले त्यो खेल हारेमा लिभरपुल च्याम्पियन बन्नेछ ।

अंक तालिकामा लिभरपुलले ३१ खेलमा ८६ अंक जोडेको छ ।