Sunday, May 17News That Matters

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ११

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दीका ६ जना, बाग्लुङका २ जना, नवलपरासी सुस्ता पूर्वका २ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अहिलेसम्म उक्त संक्रमित मध्ये ९१ जना उपचारपछि निको भएका छन्  १ जनाको मृत्यु भएको छ ।