Wednesday, June 10News That Matters

चट्याङ लागेर २ जनाको मृत्यु

पूर्णपुष्टि, असार ११

मकवानपुरको बकैयामा चट्याङ लागेर दुई जनाको मृत्यु भएकोे छ भने एक जना घाईते भएका छन्

गतराति चट्याङ लागेर बकैया–२ कालापानीका १७ वर्षया सम्झना घिसिङ र २५ वर्षया बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्झनाको घरमै र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति पानीसँगै परेको चट्याङ लागेर १४ वर्षका किरण जिम्वा घाइते भएको प्रहरीले जनाएको छ । जिम्वाको दोभान स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।