Wednesday, June 10News That Matters

आज ६ देशबाट नेपाली फर्कंदै

पूर्णपुष्टि, असार ११

आज विभिन्न ६ देशबाट नेपालीहरु स्वदेश फर्कदै छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १ सय ५२ जना र कतारको दोहाबाट हिमालय एअरलाइन्समार्फत नै १ सय ५२ जना फर्कने तालिका रहेको छ ।

यस्तै, कुवेतबाट नेपाल एअरलाइन्सले १ सय ४९ जना फर्कने छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५४ जना स्वदेश फर्कनेछन् ।

त्यस्तै कतार एअरवेजको जहाज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउनेछन् तालिका रहेको विमानस्थलले जनाएको छ ।

यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । नेपाल एअरलाइन्सका २ जहाज बहराइनमा समस्यामा रहेका नेपाली लिन त्यसतर्फ जानेछन् । हिमालय एअरलाइन्सको चार्टर्ड जहाज मलेसियाको क्लालाम्पुर जाने तालिका रहेको छ ।

नेपाली लिएर आएका जहाजहरु पनि आजै फर्कने छन् । तर ती जहाजमा यात्रु फर्कन्छन् या फर्कंदैनन् भन्ने टुङ्गो लागेको छैन । यात्रु ल्याउन र लिन जानका लागि आज विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।