
पूर्णपुष्टि, असार ११
आज विहान पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
त्रियुगा नगरपालिका–१३ असारी निबासी ४५ वर्षीय कानन चौधरी खेतमा काम गर्न गएको बेला अचानक चट्याङ लागेर घाईते भएको थियो । उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रिनपा–१३ भातीखर्क निबासी ३१ वर्षीया अनिता खड्कालाई खेतमा काम गर्ने क्रममा अचानक चट्याङ लागेर घाईते भएकी छिन् । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्रिनपा–१३ जोगिपोखरीको मिन्द्रबहादुर मगरको बंगुर फर्ममा चट्याङ पर्दा ६ वटा सुँगुर मरेको प्रहरीले जनाएको छ । यस फार्ममा करिब ७० हजार बराबरको क्षती भएको जिप्रकाले जनाएको छ ।
फर्ममा परेको चट्या लागेर मगरको आमा ६१ तिर्थमाया मगर सामान्य घाईते भएको र उनको स्थानीय मेडिकलमा उपचार भईरहेको जनाईएको छ ।
