
पूर्णपुष्टि, भदौ २२
गण्डकी प्रदेशमा थप ६७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २५ जना कामदारमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।
नवलपुरको देउचुली नगरपालिकामा एक स्वास्थ्यकर्मीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । तनहुँको व्यास नगरपालिकामा पनि थप ३ जनामा सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।
योसँगै आज बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार पाँच सय ९८ जना पुगेको छ ।

