
पूर्णपुष्टि, जेष्ठ ३
लिम्चुङबुङ गाउँपालिका बिभिन्न संस्कार संस्कृति र समुदाय बसेको ठाउँ हो । यहाँ क्षेत्री ब्राहम, दलित समुदाय र बिभिन्न आदिवासी जनजातिहरु बसोवास गरेको छ । यसै संस्कार संस्कृतिको जगेर्णाका लागि लिम्चुङबुङ गाउँपालिकाले शेर्पा तथा लामा समुदायको ठुलो धार्मिक आस्था राख्ने बुद्ध मुर्ति स्थापना भर्खररेर राखिएको छ । शेर्पा समुदायहरुको संस्कार संस्कुतिलाई मध्यनजर गर्दै लिम्चुङबुङमा राखिएको बुद्ध मुर्तिलाई भव्य व्यवस्थापन गरिएको छ ।
पालिकाको लगानीमा काठमाण्डौँ देखि खरिद गरि ल्याइएको उक्त मुर्तिलाई सजावट, रंग रोगन, जुन लगाउने काम र मन्त्र हान्ने जस्ता व्यवस्थापन गरिएको शेर्पा संघ लिम्चुङका अध्यक्ष गन्जु शेर्पाले जानकारी दिनुभयो । शेर्पाले आफैले पनि त्यस मुर्ति व्यवस्थापनका लागि दुई लाख व्यक्तिगत खर्च गरेको छ ।
करिब ९ लाख बराबर पर्ने ७ फुट हाईट भएको मुर्तिलाई पालिकाले खरिद गरिदिएको थियो । शेर्पाका अनुसार बाहिर काठमाण्डौँ बाट मान्छे ल्याएर मुर्तिको सजावट र व्यवस्थापनमा काम लगाईएको जनाईएको छ । शेर्पाको दुई लाख र अन्य ठाउँबाट सहयोग उठाएर जम्मा ४ लाख बरावर खर्चेर मुर्तिको व्यवस्थापन गरिएको शेर्पाले जनाउनुभयो । मुर्ति पालिकाको ३ वडा नगरेमा राखिएको छ ।