Wednesday, June 3News That Matters

गर्भवतीको मृत्युपछि उदयपुर अस्पताल दिनभर तनावग्रस्त

Exclusive भिडियो :

पूर्णपुष्टि, फागुन २० ।

उदयपुर अस्पतालमा गएराती एक गर्भवती महिलाको मृत्यु भएपछि आज दिनभरजसो अस्पताल तनावपूर्ण स्थितिबाट गुज्रेको छ । उदयपुरगढी गाउँपालिका –६ की ३२ वर्षिया गर्भवती सिता राउत कार्की प्रसुतीको लागि तीनदिन अघि भर्ना भएकोमा गएराती मृत्यु भएको थियो । सेवा लिने क्रममा गर्भवतीको मृत्यु भएपछि मृतकको परिवारजन तथा आफन्तहरुले लापरवाही भएको भन्दै आक्रोस पोखेका हुन् । उनीहरुले अस्पतालको केही संरचनामा तोडफोडसमेत गरेका छन् । उनीहरु आक्रोसमा उत्रिएपछि तनावपूर्ण स्थितिको सिर्जना भएको हो ।
अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालको केही संरचनामा तोडफोडसमेत भएको छ । चिकित्सकसमेतलाई हातपात भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षाटोली अस्पतालभित्र र आसपासमा खटिएका छन् । आक्रोसित भिडबाट हुनसक्ने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिटप्रति सतर्कता अपनाउदै प्रशासनले सुरक्षाकर्मी तैनाथ पारेको छ ।
तेस्रो सन्तान जन्माउन भन्दै तीनदिनअघि अस्पताल भर्ना गरेको मृतकको श्रीमान् अर्जुन कार्कीले बताउनुभयो । गर्भवतीलाई सामान्यढङ्गले सुत्केरी गराउने भन्दै राखिएको थियो । तर, गएराती एक्कासी मृत्यु भएपछि अस्पतालप्रति आक्रोस पोखिएको थियो ।
पिडित पक्षले आमाको मृत्युले दुई छोरीको विचल्नी हुने भन्दै उनीहरुको भविष्यको ग्यारेण्टीको माग स्थानीय प्रशासनसंग गरेको छ । माग पुरा नभएसम्म शब जिम्मा नलिने र आन्दोलन जारी राख्ने जनाएका छन् । पिडित पक्षले मृतक गर्भवतीको शब प्रसुती गृहको शैयाबाट उठाएको छैन ।
घटनाप्रति अस्पताल प्रशासन गम्भिर भइ गर्भवतीको के कसरी मृत्य भयो भन्ने बारेमा छानविनमा रहेको अस्पताल मेडिकल सुपरिटेन्डेनट डा. मुेकश झाले बताउनुभयो । सामान्यरुपले सुत्केरी हुने नदेखिएपछि अप्रेशनको तयारी भइरहदा अचालक श्वास फेर्न गाह्रो भइ सेत्केरीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । पाठेघर फुटेर भित्रै रगत जमेर गर्भवतीको मृत्यु हुनसक्ने, बच्चा खेल्ने पानी लिग भएर रगत नलीमा बन्द भएमा पनि सुत्केरीको मृत्यु हुनसक्ने सम्भावना रहने उहाँले बताउनुभयो । अस्पताल प्रशासन र पिडित पक्षबीच आपसी वार्ताबाट समस्याको हल खोज्ने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताउनुभयो ।
तस्बिरहरु :