गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पूर्णपुष्टि, माघ ७ । पूर्वी नवलपरासीमा गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया गर्भवती चनिसरा लम्कामगरको हत्या आरोपमा उनका श्रीमान ३३ बर्षीय शेरबहादुर लम्कामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपारासीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेदबहादुर पौडेलका अनुसार आइतबार बिहान करिब १ बजेतिर हुप्सेकोट गाउँपालिका–६ स्थित एक घरमा ती महिलाको हत्या भएको हो । घटनाबारे स्थानीयले आइतबार बिहान करिब ७ बजेतिर प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट पौडेलको टोली घटनास्थलमा खटिएको थियो। आरोपित श्रीमान शेरबहादुर मानसिक रूपमा अस्वस्थ देखिएको डिएसपी पौडेलले बताएका छन् ।

गएराति श्रीमान–श्रीमतीसँगै खाना खाएर सुतेका थिए। १ बजेतिर भने एक्कासी श्रीमानले श्रीमतीमाथि खुर्पा र कोदालो प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । मृतक चनिसराको यही महिना डेलिभरी हुन लागेको थियो। डेलिभरी हुन लागेकाले हल्ला भएको भन्ने सुनेर स्थानीय उक्त घरमा पुगेका थिए । त्यसपछि प्रहरीलाई खबर भएको र प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएर घटनास्थलको मुचुल्काको काम गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0