Monday, June 29News That Matters

गाँजासहित १ जना पक्राउ

पूर्णपुष्टि, साउन १

उदयपुरमा लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–५ श्रीपुर निबासी ४७ वर्षीय हद्दबहादुर दमाई गाँजासहित पक्राउ परेको हो ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले दमाईको घरबाट ७ बोट गाँजा र करिब साढे एक केजी गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुुरले जनाएको छ ।

गाँजासहित पक्राउ परेका दमाईलाई जिप्रका उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।