
पूर्णपुष्टि, कार्तिक ९ सुनसरी धरान उपमहानगरपालिका १३ सूर्यमार्ग स्थितबाट गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाऊपालिका घर भई हाल सोही स्थानमा कोठा भाडामा बस्ने २७ बर्षीय किरण भन्ने हेमन्त राई रहेका छन् । हिजो राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।
