
सुनसरी, असोज ११ गते ।
सुनसरीको दुहवीबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेको छ । दुहवी नगरपालिका–७ भलुवाबाट स्थानिय ६५ वर्षीय हकिम पासवान पक्राउ परेको हो ।
विशेष सुचनाको आधारमा विहिबार राती करिब ८ बजे १ केजी गाँजा सहित पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहवीबाट खटेका प्रहरी टोलीले पासवानको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको गाँजा बरामद गरको प्रहरीले नजाएको छ ।
पक्राउ परेको पासवानलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
