Thursday, May 7News That Matters

खोलाले बगाएर १ जनाको मृत्यु

मोरङ, असोज ११ गते ।

मोरङको लेटाङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ हाटखोला निबासी ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको हो ।

शुक्रबार विहान करिब ७ बजे दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी गराउनासाथ प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।