Thursday, May 7News That Matters

ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु

मोरङ, असोज ११ गते ।

मोरङको पथरीशनिश्चरेमा ट्याक्टरले मोटरासाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–३ मा शुक्रबार दिउँसो सवा १२ बजे ट्याक्टरले मोटरसाईकललाई ठक्करबाट चालक विमल न्यौपानेको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रतुवामाई नगरपालिका–१० निबासी ४६ न्यौपाने घाईते भएको थियो । घाईते न्यौपानेलाई उपचारको लागि पथरी अस्पताल लगीएपनि उपचारको क्रममा पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।