Sunday, March 15News That Matters

गाइघाट-दिक्तेल सडककाे हुरहुरेमा बोलेरो दुर्घटना, चालक गम्भिर घाइते, एक यात्रु बेपत्ता

१८ फागुन, २०८२ । उदयपुर
उदयपुरको रौतामाई गाउँपालिका – ५ हुरहुरेमा आज बोलेरो दुर्घटना पर्दा चालक गम्भिर घाइते भएका छन् भने एकजना यात्रु बेपत्ता भएका छन् ।
गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ ज ४०४५ बोलेरो दिउसो ०३ ः ३० बजेतिर दुर्घटना हुँदा चालक खोटाङको खोटेहाङ गाउँपालिका ७ का अन्दाजी २५ वर्षिय रेवन गेलाल गम्भिर घाइते भएको र एकजना बेपत्ता रहेको एक यात्रु प्रेमकुमार बस्नेतले बताए ।
बस्नेतका अनुसार उदयपुरको बेल्टारदेखि गाईघाट हुँदै खोटाङ जाने क्रममा बोलेरोको ब्रेक फेल भई उक्त ठाउँमा दुर्घटना भएको हो । १० जना यात्रु रहेकामा ब्रेक फेल भएको थाहा पाएपछि अन्य यात्रु बोलेरोबाट झरेर पैदल हिडेको र एकजना भने गाडीभित्रै रहेको अवस्थामा दुर्घटना भएको उनले बताए ।
बोलेरो सडकबाट करिब पाँचसय मिटर तल खसेको बताइएको छ । बेपत्ता यात्रुको खोजी कार्य भइरहेको र थप उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले जानकारी दिए ।