Monday, February 17News That Matters

गाईघाटका युवा ब्यवसायी किरण राई दम्पतीले महाविर पुनलाई दिए ५० हजार

पूर्णपुष्टि, माघ १ । राष्ट्रिय आविष्कार केन्द्रका संचालक तथा वैज्ञानिक महाविर पुनलाई गाईघाटका युवा व्यवसायी किरण राई दम्पतीले ५० हजार ५ सय ५ रुपैँया आर्थिक सहयोग गरेका छन् ।

मंगलबार आफ्नो पुस्तक बिक्री वितरण गर्दै उदयपुरको सदरमुकाम गाईघाट आईपुगेका पुनलाई जेके पुस्तक पसलका संचालक किरण राई र उनका श्रीमती कविता राईले बिरगंज स्थित कृषि औजार केन्द्र सन्चालनका लागी उक्त रकम सहयोग गरेका हुन् । महाविर पुनले प्राप्त सहयोग रकम बराबरको पुस्तक राई दम्पतीलाई उपलब्ध गराएका छ्न् भने सो पुस्तक बिध्यालय र पुस्तकालयलाई वितरण गरि दिन आग्रह गरेका छन् ।

उनले रास्ट्रिय आबिष्कार केन्द्र सन्चालनको लागि पुस्तक लेखेर देश भरी बिक्रीवितरण गर्दै आएका छ्न । पुस्तक बिक्रीवितरणबाट जम्मा भएको रुपैयाले उनले आबिष्कार केन्द्र मार्फत बिरगंज स्थित कृषि औजार केन्द्र सन्चालन र युबा बैज्ञानिक उत्पादन गर्ने लक्ष्य राखेर अभियान चलाउदै आएका छ्न । पुस्तक बिक्रिको लागी बुधबार सम्म आफु गाईघाट बस्ने पुनले बताए ।