
पूर्णपुष्टि, भदौ २४ । गाईघाटमा तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडद्धारा संचालिच गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर तोडफोड गरी लुटपाट भएको छ । जेन्जी प्रदर्शनकारीले नाराजुलुस गर्दै जाने क्रममा हिमालीटोलस्थित गार्डेन मार्ट स्टोरमा तोडफोड गरेपछि लुटपाट भएको हो ।
लुटपाट भएपछि जेन्जी प्रदर्शनकारी बीच नै केही समय तनाव सिर्जना भएको थियो । जेन्जी प्रदर्शनकारीको एक समुहले लुटपाट गर्न नहुने भन्दै लुटपाट गर्नेहरुलाई कुटपिट समेत गरेका थिए । प्रदर्शनकारीद्धारा लुटपाट गरिएको तुलसी सहकारी संस्थाको संचालकले केही बर्ष अघि बचत कर्ताको पैँसा खाएर फरार भएको थियो ।
