गाईघाटको जुत्ता चप्पल र रेडीमेट कपडा पसलमा आगलागी, ५० लाख भन्दा बढीको क्षति

पूर्णपुष्टि, कार्तिक २२
आईतबार गाईघाटको जुत्ता चप्पल र कपडा पसलमा विद्युत सर्ट भई आग्लागी हुँदा ५० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित पुरानो तरकारी बजार क्षेत्रमा रहेको जुत्ता चप्पल र रेडिमेट कपडा पसल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आग्लागीबाट करिब ५० लाख भन्दा बढी क्षति भएको पसल सञ्चालकले दाबी गरेको छ । रातको समय विद्युत सर्ट भई आगलागी भएकाले भित्रका सामानहरु बाहीर निकाल्न नसकिएको सञ्चालक जीवन भगतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: