बिक्रम राई
पूर्णपुष्टि, मंसिर २५
जिल्लाकै प्रमुख पर्यटकीय तथा धामिर्क स्थल रौता पोखरी उदयपुर जिल्लाका मात्र नभै देशव्यापी आकार्षणको केन्द्र पनि हो । यस ठाउँका मुख्य धार्मिक तथा भौगोलिक बिषेशताहरु डाँडाँमा रहेको पोखरी, नजिकैको मन्दीर, भौगोलिक स्थान, चिसो मौसम, जैविक विविद्यता र वातावरणका कारण पर्यटकका लागि असाध्यै सुन्दर छ ।
रौता पोखरीलाई देशका बिभिन्न ठाउँका आन्तिरक पर्यटकहरुले नियालेका छन् भने विदेशी पर्यटनहरु समेत यस ठाउँमा आउने गरेको छ । करिब ५९०० फिट १७७० मि. को उचाईमा रहेको उक्त ठाउँलाई एक विगाह क्षेत्रफल ओगटेको छ ।
यो ठाउँमा सँधै आन्तरिक तथा बाह्य पर्यटकहरुको आवत जावत चलिनै रहन्छ । बिषेशगरी गाईघाट लगायत छिमेकी जिल्ला सुनसरी, मोरङ् सिराहा, सप्तरी लगायतबाट पनि पर्यटकहरु आउने गर्छन् । रौता पोखरी घुम्न मानिसहरु बिभिन्न तराई तथा पहाडी जिल्लाहरुबाट गाईघाट प्रस्थान गर्नु पर्ने हुन्छ । यस ठाउँमा पुग्नका लागि आआफ्नै स्थानहरु बाट यात्रा तय गर्नु पर्ने भएपनि करिब ७५ प्रतिसत भन्दा बढी पर्यटकहरु गाईघाटबाटै उक्त ठाउँमा उक्लिने गर्छ ।
रौताका लागि गाईघाट बाट दुई ओटा सडक प्रयोग गर्न सकिन्छि । पुराना सडक साउने, खाँवु रानीवास, डहरको बाटो प्रयोग गरी रौता पुगिन्छ भने अर्को बाटो करमगाछी बाट बेल्दोभान, जाँते, साल्थुम्की हुँदै डहर पुगेर रौता उक्लीन सकिन्छ । यी दुवै बाटो डहर जोडिन्छ । बेल्दोभान जाँते साल्थुम्कीको बाटो यस ठाउँ पुग्न अत्यादिक छिटो र छरितो छ भने साउने खाँबुको बाटो अत्यादिक ढिलो र घुमाउरो छ । साउने, खाँबु रानीवासको बाटो रौता उक्लीन करिब ४३ किलो मिटर यात्रा गर्नु पर्छ भने, भेल्दोभान, जाँते र साल्थुम्कीको बाटो रौता उक्लीन करिब २३ किलो मिटर मात्रै यात्रा गर्नु पर्ने हुन्छ ।
लामो दुरीमा पर्ने साउने खाँवुको बाटो पुरानो बाटो पनि हो । यहाँ हिउँद बर्खै बाटो संञ्चालनमा छ भने बेल्दोभान जाँते साल्थुम्कीको बाटो सँधै ओझेलमा परेका कारण हिउँदमा पनि कष्टकर दुई पांग्रे सवारी मात्र चल्छ । यहाँ ट्र्याक खोल्ने बाहेक अन्य सडकको स्तररोन्नती हुन नसक्दा बाटो सँधै जिर्ण अवस्थामै रहन्छ । उता साउने, खाँबुको बाटो पिचनै बनाईसकेको अवस्था छ । पिच सडक तर लामो दुरीका कारण वल्लो बाटोमा कस्टकर यात्रा बावजुत पनि मान्छेहरु छिटो रौता उक्लीन्छ ।

यस सडकमा राम्ररी मोटरसाईकल कुद्ने खालको घुम्ती र फराकीलो बाटोहरु अझै बन्न सकेका छैनन् । ठुला सवारीहरु चल्न सक्दैन मोटर साईकलहरु भने कस्टले पार गर्छन् । तथापी अप्ठ्यारैका बावजुत पनि यो बाटो छिटो छ । स्थानीय तथा माओवादी नेता कमल राईले यो बाटो रौताको लागि असाध्यै छिटो र सोजो बाटो रहेको जनाए । राईले यस बाटोलाई मर्मत र राम्रो बनाउन नेताहरुले पहल गर्नु पर्नेमा समेत जोड दिए । रराईका अनुसार साउने खाँवुको बाटोले धेरै घुमाउरो र जंगल बस्तीहरु छिचोल्नु पर्ने हुँदा ढिला हुने जनाए । तर यता बेल्दोभान साल्थुम्कीको बाटो भने गाईघाट बाट सिधा पर्ने जंगलहरु नपर्ने बस्ती र खोलाको तिर प्रयोग गर्दै रौता उक्लिनाले छिटो हुने जनाए ।
रौताका लागि साउने खाँबु, रानीवासको बाटो २० किलोमिटर ढिलाई
बेल्दोभान जाँते, सिद्रै गहते र साल्थुम्कीको बाटो रौता निस्कन साउनेको बाटो भन्दा झण्डै आधानै कम छ । किलो मिटरको हिसावले हेर्ने हो भने यी दुई बाटोमा २० किलो मिटर नै फरक पर्छ । गाईघाट बाट साउनेको बाटो जान चप्पन हुँदै जंगल प्रवेश गर्र्नुु पर्ने हुन्छ, यहाँ बाट साउने बजार, बाखोर, रानीवास हुवास र डहर पुगेर रौता निस्कनु पर्ने हुन्छ । साउने जंगल निकै क्षेत्रफलमा रहेको हुँदा यहाँ धेरै समय लाग्छ । यता बेल्दोभानको बाटो गाईघाट करमगाछी हुँदै बावरी देखी केहि सिधा जँगलबाट जाँते, सिद्रे, गहते, साल्थुम्की र हरबोटे डहर बाट रौता उक्लीन सकिन्छ ।

उताको बाटो झण्डै साउने पुग्दा यता बेल्दोभान साल्थुम्की गहतेबाट रौता पुगिन्छ । उतादेखी गाईघाटबाट साउने मात्रै पनि २४ किलो मिटर छ भने साउने देखी डहर ११ किलो मिटर गरी जम्मा ३५ किलो मिटर डहर सम्म मात्रै रहेको छ । यता गाईघाट देखी बेल्दोभान साडे ८ किलोमिटर र जाँँते सिद्रै, गहते, साल्थुम्की हरबोटे हुँदै डहर सम्म ९ किलो मिटर गरी जम्मा १७ किलो मिटर मात्रै छ । उता साउने हुँदै डहर सम्म ३५ किलोमिटर र डहर देखी रौता करिब झण्डै ७ किलो मिटरको हाराहारीमा मात्रै रहँदा उताको सडक झण्डै ४३ किलो मिटर हुन पुग्छ । यता बेल्दोभान साल्थुम्कीको सडक डहर सम्म जम्मा १७ किलो मिटर र बाँकी रौता सम्मको ७ किलोमिटर जोड्दा २३ किलो मिटर हुन्छ ।
स्थानीय तथा डहर माविका प्रध्यापक तेज कुमार राईले यस सडकलाई रौता सँग जोड्न सके समयको भरपुर बचत हुने जनाए । राईले अहिले नेताहरु बिकासको कुरा गरिरहँदा यस्ता महत्वपूर्ण सडकमा भने लगानी गर्न नसकिरहेको जनाए । सडक सहजता नभएका कारण पर्यटनहरु लामो दुरीको बाटो पार गर्दै रौता किस्कन बाध्य रहेको राईले जनाए ।
संघ, प्रदेश र स्थानीय सरकारको नजरमा नपर्दा सडक सँधै जिर्ण
धेरै पर्यटन, सवारी चालक, यात्रु र स्थानीयहरुले उक्त सडक रौताका लागि अत्यादिक छोटो रहेको जनाएका छन् । त्रियुगा नगरका पर्यटन सल्लाहकार जितु रोईलाले बेल्दोभान जाँतेको बाटो रौताका लागि असाध्यै छरितो रहेको जनाए । साईकलिङ गर्दै बेल्दोभान, साल्थुम्कीको बाटो रौता सम्म पुग्ने क्रममा रोईलाले साउने, खाँवुको बाटो भन्दा यो बाटो अत्यान्तै छोटो रहेको जनाए । यो बाटो पुरानो पैदल यात्रीहरुको समेत बाटो हो । साउने देखी सडक संञ्जाल विस्तार पछि उक्त बाटो सुकेका थिए । यहाँ पहाडी भेग उदयपुर र खोटाङङका अधिकांस पैदलयात्रीहरु हिड्ने गर्थे । स्थानीय जिवन राईका अनुसार यस ठाउँको बाटोलाई स्थानीय र संघको चुनावी एजेन्डामो समेत नसमेटेको जनाएको छ ।

उनले यस प्रति दुख व्यक्त गर्दै भने“ भोट माग्न चै गाउँका सबै जनताहरुलाई एक ठाउँमा भेला गर्ने काम छोडेर विकास गर्ने आशमा कुरा सुन्यो भोट दियो लास्टमा सडक जस्ता महत्वपूर्ण कुरामा नै नेताहरुले ध्यान दिँदैन् । मंसिर ४ को संघको चुनावमा पनि यो सडकको बारेमा घोषणा पत्रमा केही उल्लेख देखिएन राईले जनाए । यो रौता सम्म छोटो दुरीका लागि मात्रै मर्मत गर्नु पर्ने नभै यस ठाउँका जनताहरुको सहजता र आर्थिक पार्जनका लागि उत्पादनलाई सहर सम्म पुराउन तत्काल मर्मत र सहजता दिनु पर्ने बताए । रौता सँग जोड्दै स्थानीयहरुलाई पनि सहज पुराउने हिसावले संघ, प्रदेश र स्थानीय सरकारले यो सडक बर्षेनी मर्मतका लागि जोड गर्नु पर्ने राईले जनाए । कम खर्च, कम समयमै रौता पुगन सकिने उक्त सडकमा तिनै तहका सरकार बेखवर र चासो बिहिन छ । यस हिसावले यहाँका जनताहरु सँधै पछि पर्ने भन्दै राईले सडक विकासका लागि नेताहरुलाई विनम्र आग्रह गरे ।
खाँवु रानीवासको बाटोलाई मात्रै प्राथामिकता
साउने, खाँवु, रानीवास हुँदै डहर सम्म पिच लागि सक्दा यताको बाटोलाई मर्मत सम्मको बजेट पर्दैन् । रानीवास सम्म पहाडी लोकमार्ग खोटाङ्को समेत बाटो जोडिएको छ । यहाँ कराडौँ, अबौै लगानीका सडकहरु निर्माण भैई फराकीलो र सहज सडक बनिसकेको छ । तर अर्को महत्वपर्ण सडकबारे स्थानीय नेता, बुद्धी जिवी र सरकार नै मत्लव विहीन छ । उता कराडौँ टेन्टरका सडकहरु निर्माण हुन्छ तर यहा भने ट्र्याक् खोल्न र मर्मत गर्न कैल ५ लाख कैले ३ लाख बजेटमा टार्छन् । रानीवास देखी डहर सम्म पुरा पिच लागि सकेको अवस्था छ । तर यता छोटो दुरीको सडकलाई भने कुनै चासो छैन् । तत्काल मर्मत गर्न आवश्यक रहेको उक्त सडकलाई राम्रो ट्रनिङ समेत छैन् । कहिले काँही कतैबाट परेको ५ लाख बजेटले सखारर्न पनि नपुग्ने स्थानीयहरुको भनाई छ ।

कहिँ गाडीनै नचड्ने उकालोहरु छ भने कहि गाडीले घुम्ती नै नकाट्ने अवस्था छ । सडक साँगुरो अनि भिरालो छ । यसलाई सम्याउने र फराकिलो बनाउने बजेट कहिले पर्ने ? त्यहाँका जनताहरुको प्रश्न छ । यहाँको जनताहरुले राम्रो र सहज सडकको कहिले महसुस गर्ने ? उनिहरुले प्रश्न गरेका छन् । बिषेश गरी उक्त सडक बावरी सम्म त्रियुगा १० पर्छ भने बेल्दोभान, जाँते र सिद्रे १६ नं वडा पर्छ ।उक्त वडाका वडाअधयक्ष मान वहादुरको एरिया सिद्रै सम्म सडक जसतसो सवारी चलाउन सक्ने गरी निर्माण भैसकेको अवस्था छ ।

यता गहते देखी माथी साल्थुम्की हरबोटे, समिखर्क लगायतका गाउँ खावु अर्थात १५ नं वडा पर्छ । तर यस ठाउँको सडक भने जिर्ण रुपमै सिमित छ । सामान्य मोटरसाईकल समेत गुड्न नसक्ने उक्त सडकका कारण स्थानीयहरु हैरानी हुन्छ । त्यहाँ गहते, साल्थुम्की, हरबोटे, सिस्ने र ढिकिँडाँडा गरी ५ ओटा टोलहरु छ । त्यस ठाउँका जनताहरुले यो पल्ट पनि नेताहरुलाई भोट दिएर जिताई सकेका छन् । स्थानीय तथा युवा बृद्धिजीवी यम कुमार राईले विकास गर्ने आसमा बिकट ठाउँ देखी नेताहरुलाई भोट हाल्न गएको उनले सुनाए । राईले यी ५ टोलहरु नेताहरुका लागि निर्णयक टोलकै रुपमा रहेको हुँदा पनि यहाँको विकासका लागि नेताहरुले नजर लगाउनु पर्ने जनाएको छ । उनले यस पटक पनि नेताहरुले यो ठाउँलाई विकास नगरे अर्को पटक बाट जनताहरुले बिचार गर्ने राईले जनाए । यहाँ बिषेश गरी सडक, खाने पानी जस्ता कुराहरु निकै आवश्यकीय रहेको राईले जनाए । बिगत देखी धेरै नेताहरु विकासका लागि काम गर्ने ठाउँमा पुगे ।

कति नेतृत्वहरु फेरीय त कति भने अझै उहि पुरानै नेतृत्वहरु रहेको अवस्थामा यस ठाउँका सबै समस्याहरु थाहा पाएर पनि विकास भने भैरहेको अवस्था छैन् । उदयपुरका लागि डा. नारायण खड्का चौथो पटक संघिय सांसद भए भने नेपाल सरकारको मन्त्री समेत हुन् । ७४ सालमा सुरेश कुमार राई पनि संघीय सांसद बने । हिमाल कार्की उदयपुरका जनाताका लागि दोस्रो पटक सांसद निर्वाचित भएका छन् भने उनी प्रदेश मन्त्री समते हुन् । यो पटक माओवादी तथा एमाले बाट पनि थुप्रै नेतृत्वहरु हेरफेर भएको छ । यहाँको बिकासलाई कस्ले कति प्राथामिकता दिन्छ त्यो भने हेर्न बाँकीनै छ ।स्थानीयहरुले त्यस ठाँउको सडकलाई पहिलो प्राथामिकतामा राख्न सरकार तथा नेताहरु समक्ष अनुरोध गरेको छ ।
