Wednesday, August 5News That Matters

स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि, मंसिर २५ गते

कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी २९ वर्षीय सुवासचन्द्र रतेला रहेका छन् ।

बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलाले चलाएको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएको रतेलाको उपचारको क्रममा बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रतेला शसस्त्र प्रहरी जवान रहेको खुलेको छ । उनि सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।बस र चालक मनजित सिंह महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।