Wednesday, August 5News That Matters

मोटरसाईकल एकआपसमा ठोक्किदा एकको मृत्यु, ४ जना घाईते

पूर्णपुष्टि, मंसिर २५ गते सुनसरीको बरहाक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका–२ का ३५ बर्षीय हर्क बहादुर राई रहेका छन् । उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ६ बजे प्रदेश १–०२–०४३ प १७१, को.३८प ९२१० र को. १७ प ६९४४ नम्वरको मोटरसाईकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बराहक्षेत्र–१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा–२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको धरान घोपामा उपचार भईरहेको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।