पूर्णपुष्टि, मंसिर २५
शनिवार रौतामा प्यार्याग्लाईडिङले पर्यटक आकर्षित पारेको छ । उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिला सहित २० पाईलटले एकैदिन प्याराग्लाईडिङ उडेका थिए । उक्त उडान भने फ्लाईङ् वन्डर प्याराग्लाईडिङ प्राईभेट लिमिटेट गाईघाटका विद्यार्थीहरुले गरेका थिए । उक्त कम्पनिबाट बिभिन्न कोर्ष गर्ने देशैभरीका करिब २० विद्यार्थीहरुले उडानलाई सफलताका साथ ल्याण्डीङ गरेको त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहाकार जितु राईलाले जानकारी दिए ।
रौतापोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा देशैभर चिनाउँदै उदयपुरको परिचयलाई थप फराकिलो बनाउन र विदेशी पाईलटहरुलाई समेत आकर्षित गर्ने उदेश्यले रौताबाट गाईघाट सम्म लामो उडान गरेको राईलाले जनाए । ती विद्यार्थीहरुले प्रशिक्षण र विद्यालयको अनुमतिमा रौताबाट डाईरेक्ट गाईघाट सम्मको लामो उडानका उदेश्य राखेका थिए । रोईलाका अनुसार उक्त उडान विद्यार्थीहरुलाई सिकाईएका कुराहरुको प्रगति र सफलताका लागि पनि (फ्लाईङ् साईड अब्जरबेसन) को रुपमा रौताबाट गरिएको हो ।

यस उडानले बिषेशतया विदेशी पाईलटहरुलाई नेपाला पनि प्रचुर सम्भावति ठाउँहरु छ भन्ने देखाउँदै बाह्रय पर्यटकको समेत आकर्षणमा ठेवा पुराउने जनाईएको छ । शनिवार उक्त उडान हेर्न स्थानीयहरु निकै उत्साहित भए । साथै बिभिन्न ठाउँहरुबाट रौता पुगेका आन्तरिक पर्यटकहरु समेत उडान हेर्न माथी डाँडाँमा निस्किएका थिए । रौताबाट डाईरेक्ट गाईघाटको उदेश्यमा उडाईएका उक्त प्याराग्लाईडिङहरु हावा र मौसमका कारण ठाउँ सम्म पुग्ने भने सकेन । मौसमलाई ख्याल गर्दै केहि बरुवा पुल सम्मै आए भने केहिले भने बावरीको फिल्डमै ल्याण्ड गरेका थिए । हाल सम्म कुनै पनि कम्पनी वा व्यक्तिहरुले रौताबाट कहिल्यै उडान गरेका थिएन । गाईघाट स्थित रहेका फ्लाईङ वन्डर प्याराग्लाईडिङ् प्राईभेट लिमिटेडको आयोजनामा पहिलो पटक रौताबाट उडान गरिएको हो । उक्त उडान रौताको सबैभन्दा ठुलो डाँडाँ एनसेल डाँडाँबाट गरिएका थिए । पाईलटहरुलाई पूर्व वडाअध्यक्ष खगेन्द्र रास्कोटी स्थानीय नेता र रौतावासीहरुले भव्य स्वागत गरेका थिए ।

