गाईघाटमा अन्तिम अवस्थामा चलेको कब्डी ४ को प्रदर्शन सन्तोष जनक

पूर्णपुष्टि, जेष्ठ २५
गाईघाटमा पनि सोमवार बाट कब्डी ४ प्रदर्शनमा आएको छ । नेपालभर १३ गते बाटै संञ्चालनमा आएको उक्त फिल्म प्राविधिक समस्याको कारण गाईघाटमा भने निकै ढिलो गरिकन चल्यो । गाईघाटमा फिल्मलाई कसरी चलाउने भन्ने टुंगो नलाग्दा समयमै प्रदर्शनमा ल्याउन नसकेको हल संचालक बताउँछ । फिल्मलाई समयमै ल्याएर चलाउन सकेको भए राम्रै हुने अनुमान संञ्चालक पक्षले गरे ।

फिल्म र निर्माता बिच फिक्समा चलाउने या प्रसेन्टेजको आधारमा चलाउने भन्ने कुरा टुंगो नलाग्दा फिल्म समयमै चलाउन नसकिएको सुभलक्ष्मी हल गाईघाटका म्यानेजर भिम प्रसाद पोखरेलले जनाए । पोखरेलले अहिले फिल्म निर्माता र हललाई आधा आधा हुनेगरी चलाईरहेको जनाए । गाईघाटमा कब्डी ४ समयमै चल्न नसकेकाले दर्शकहरुले बाहिर गएर भएपनि फिल्म हेरिसकेको जनाए ।

गाईघाटका दर्शकहरु लाहान, धरान इटहरी जस्ता सहरमा गएर फिल्म हेर्न भ्याईसकेको म्यानेजर पोखरेलले जनाए । आफ्नो ठाउँमा फिल्म ढिलो चलेकै कारण दर्शकहरु बाहिर गएर फिल्म हेर्न बाध्य भएको पोखरेलको भनाई छ । ढिलो संञ्चालनमा आएपनि फिल्म सन्तोजनक चलिरहेको पोखरेलले जनाए । शुक्रबार र सनिवार भने निकै दर्शक हुने उनको भनाई छ । नेपालभर कब्डी ४ चलिरहँदा गाईघाटमा पनि फिल्म चल्ने आशामा पर्खेर बसेको अवस्थामा फिल्म समयमै नचलेपछि बाहिर गएर हेर्न बाध्य भएको एक दर्शकले जनाए । निकै समय सम्म फिल्म कुरेउँ, तर आफ्नो ठाउँमा फिल्म चल्ने आशानै मर्यो, लाहान गएर फिल्म हेरेका दर्शक बिक्रम राईले भने । उनले आफ्नो टोली सहित लाहान गएर फिल्म हेरेको जनाए । अर्का दर्शक चेवान राईले पनि आफुहरु कब्डी हेर्नका लागि इटहरी पुग्नु परेको जनाए ।

राईले आफुहरुको एक समूहनै इटहरी गएर कब्डी ४ हेरेर फर्किएको जनाए । म्यानेजर पोखरेललका अनुसार गाईघाटका करिब ३ सय बढी दर्शकहरुले बाहिर गएरै फिल्म हेरिसकेको जनाए । बाँकी रहेको दर्शकहरुले भने धमाधम हेरिरहेको जनाए । कब्डी ४ ले अहिले सम्मकै अन्य फिल्महरुको कमाईलाई ब्रेक गर्दै अग्र स्थानमा कमाई गर्न सफल भई रेकर्ड राखेको छ । उक्त फिल्मले हाल सम्म १८ करोड बढी कमाई गरि सकेको छ । यो भन्दा पहिले छक्का पन्जा ३ ले १६ करोड कमाएका थिए । यो कमाईनै नेपाली फिल्मको इतिहाँसमा बढी कमाई थियो ।

तर पछिल्लो समय कब्डी ४ ले देश बिदेशमा राम्रो दर्शक पाए सँगै कमाईमा पनि ब्रेक गरेको हो । पछिल्लो समय फिल्मा नायिका मिरुना मगरका कारण केहि असर समेत पुग्न गयो । तर पनि फिल्म भने देश बिदेशमा चल्ने क्रम रोकिएन । केहि ठाउँमा भने यसलाई चलाउन प्रतिवन्ध समेत लगाउने जस्ता कुरा उठेका थिए । यस्तैगरी नेपाल बाहिर बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड जापान र केही युरोपेली मुलुकमा भने फिल्मले आक्रमक दर्शक पाएको छ । यता दार्जिलिङमा भने फिल्मको बिरोध भयो, भने इन्डीयामा फिल्म चलाउनै चुनौतीपूर्ण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: