
पूर्णपुष्टि, फागुन १६
गाईघाटमा सोमवार देखी आधारभूत पत्रकारीता तालिम सुरु भएको छ । त्रियुगा उद्योग बाणिज्य संघको सभाहलमा करिब ४४ जनाको सहभागितामा तालिम सुरु भएको हो । पत्रकारिता प्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी महासंघले तालिमको आयोजना गरेको हो । तालिमको अभावमा सामाजिक संजाल, युटुव च्यानलमा जथाभावि सूचनाहरु प्रशारण गर्दा सिंगो पत्रकारिता क्षेत्र प्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले महासंघले उनीहरुलाईसमेत लक्षित गरी तालिम आयोजना गरेको अध्यक्ष भरत खड्काले बताए ।

प्रदेश सभा सदस्य अम्बिका थापाको संसदिय विकास कोष र त्रियुगा नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा उदयपुर र छिमेकी जिल्ला खोटाङ्गका गरी ५० जनाको सहभागिता रहेको उनले बताए । पाँच दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजय मिश्र, वरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले गर्नु हुने तालिम संयोजक गणेश उप्रेतीले जानकारी दिए ।

सोमबार तालिमको उद्घाटन गर्दै प्रदेश सांसद अम्बिका थापाले निष्पंक्ष पत्रकारिता आजको आवश्यक भएको हुँदा दलिय स्वार्थभन्दा माथि उठेर स्वतन्त्रपुर्वक कलम चलाउन सबै पत्रकारलाई आग्रह गरिन् । मुलुक परिवर्तन पत्रकारहरुले चलाएको कलमबाट भएको स्मरण गर्दै थापाले राजनीतिक आश्था र विचारलाई थाति राखेर कलम चलाउन सके मात्र देश र जनताले राहत पाउने बताए ।
जिम्वेवार पत्रकारिताबाट मात्र समाज परिवर्तन हुने भएकाले राजनीतिक दलका नेता र सरकार प्रमुखलाई बेलामौकामा खवरदारी गर्दै समाज परिवर्तनको दिसामा अग्रसर बनाउने भुमिका निर्वाह गरिदिन उनले आग्रह गरिन् ।

उनले सञ्चार क्षेत्रको विकासबाट मात्र गाउँ समृद्ध बन्न सक्ने भएकाले पत्रकारको क्षमता अभिबृद्ध गर्ने अभियानमा आफु कहिले पछि नहट्ने बताईन् । कार्यक्रममा बोल्ने अन्य वक्ताले पत्रकारिता क्षेत्रको विकृती विसंगतिको अन्त्य गर्दै स्वतन्त्रपुर्वक कलम चलाउने बाटोमा अग्रसर हुनु पर्ने धारणा व्यक्त गरे । उनीहरुले मुलुकको समृद्धी र विकास निर्माणमा पत्रकारको महत्वपूर्ण भुभिका रहने हुँदा निरन्तर खवरदारी दिसामा उभिनु पर्ने बताए ।

शाखाका अध्यक्ष भरत खड्का अध्यक्षता, उपाध्यक्ष गंगा राईको स्वागत मन्तव्य र सचिब विश्वराज तामाङ्गको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङ्ग, त्रियुगा नगरपालिकाका सामाजिक शाखा प्रमुख विश्वजित राई, महासंघका पुर्वअध्यक्ष कुशलबाबु बस्नेत, पत्रकार हरिकुमार राई, भोटराज राई, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली आआफ्नो धारणा राखेका थिए ।
