
पूर्णपुष्टि, फागुन १
गएराति उदयपुरकाे गाईघाटमा आगजनि भई लाखाै क्षति भएकाे छ । त्रियुगा नगरपालिका १२ स्थित त्रियुगा बसपार्क नजिकै उत्तरतर्फकाे एक घर र तीन पसलमा विधुतसर्ट भई आगजनि हुँदा बाबुराजा प्रजापतिकाे टिनकाे सटर भएकाे एकतले घर र स्थानीय मदन साहकाे किराना पसल, जनक मगरकाे स्टिकर पसल र सराेज रेग्मीकाे माेटर पार्टस पसल आगजनि भएकाे हाे ।
आगजनिबाट साहकाे ४० लाख, मगरकाे ११ लाख, रेग्मिकाे २५ लाख र प्रजापतिकाे ८ लाख बराबरकाे धनमा,रल, सामान जलेर क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
राती १:३० बजेकाे समयमा आगलागि भएकाे खबर लगत्तै खटिएकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयकाे सहगाेगमा करिव ३ घण्टापछि आगाे नियन्त्रण गरिएकाे थियाे । आगाे नियन्त्रणमा त्रियुगा, चाैदण्डिगढि नगरपालपका र राैतामाई गाउँपालिकाकाे दमकल प्रयाेग भएकाे थियाे ।
