Wednesday, April 29News That Matters

गाईघाटमा आज गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता हुँदै

पूर्णपुष्टि, जेष्ठ ३१ । गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता आज (शनिवार) गाईघाट स्थित साकेला थानमा भव्य हुने भएको छ । आयोजक किरात राई यायोख्खा ११, १२ र १३ नं वडा कार्य समितिले उक्त आयोजना गर्ने भएको छ ।

समितिका अध्यक्ष सर्वधन राईका अनुसार किरात समुदायहरुकै महान पर्व साकेला उभौलीको समापन सँगै प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उदयपुर जिल्लाका बिभिन्न स्थान सँगै जिल्ला बाहिर, मोरङ, सुनसरी लगायतका स्थानहरुबाट समेत प्रतियोगितामा सहभागी जनाउने भएको छ ।

यस प्रतियोगिताले किरात समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रमलाई अझ भव्य र ऐतिहासिक बनाउन स्थानिय तहका निकाय, समाजसेवी तथा युवा वर्गको पनि उल्लेखनीय सहयोग रहने आयोजक समितिले जनाएको छ ।

साकेला नाच, किरात संस्कृति, तथा गीता राईको स्मृतिमा समर्पित यो प्रतियोगिता सांस्कृतिक विविधता र समुदायबीच एकताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको हो । आयोजकले सम्पूर्ण क्षेत्रवासी र संस्कृति प्रेमीहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेका छन् ।