गाईघाटमा जथाभावी पार्किङ गर्ने सवारीलाई ह्विल लक लगाउने क्रम जारी

पूर्णपुष्टि, २२ असोज ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ट्राफिक व्यवस्थापन सहज बनाउने भन्दै जथाभावी पार्किङ गर्ने सवारीहरुलाई निगरानी राख्दै आएको छ । नो पार्किङमा सवारी पार्किङ गर्ने सवारीलाई अहिले धमाधम ह्विल लक लगाईएको छ ।

चाँडबाँडलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्युनिकरण तथा भिँडभाँड व्यवस्थापन गर्न पार्किङमा कडाई गरिएको ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । दियालीका अनुसार दैनिकी रुपमा सवारीलाई ह्विल लक लगाउने क्रम जारी रहेको हो । ह्लि लक लगाईएको सवारीलाई ५ सय रुपयाँ जरिवाना गरिदै आएको पनि इन्चार्ज दियालीले सचेत गराएको छ । सोमवार मात्रै १० ओटा माथि अव्यवस्थित सवारीलाई ह्विल लगक लागाईएको छ । बुलेरो, टेम्पो, मोटर साईकल लगायतका सवारीहरुलाई ह्विल लक सँगै जरिवाना गराईएको हो ।

भोली देखी अनलाई मार्फत जरिवाना

ट्राफिक प्रहरीका अनुसार भोलीबाट जरिवाना तिर्दा क्यास कारोबार नहुने जनाईएको छ । कुनै पनि कारण कार्वाहीमा पर्ने सवारीहरुलाई बैँकमा भौचर काटेर जरिवाना तिर्नु पर्ने प्रावधान रहेको कार्यालयको भनाई छ । बैँक भौचर भरेर आएपछि मात्रै बिलवुक, लाईसेन्स जस्ता कागजातहरु चालकलाई प्रदान गरिने कार्यालयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0