Thursday, June 18News That Matters

गाईघाटमा जारी उप-मेयर महिला फुटबल प्रतियोगितामा झापाको सान्दार जीत

पूर्णपुष्टि,वैशाख १७ । उदयपुरको गाईघाट स्थित थरुहट रंगशालामा जारी उप-मेयर महिला फुटबल प्रतियोगितामा All in One क्लव (झापा)ले शान्दार जीत निकालेको छ । सोमबार भएको खेलमा DWFC धरान (सुनसरी)लाई सून्यको विरुद्ध २ गाले गर्दै झापा सेमिफाईनलमा प्रवेश गरेको हो ।

दिउँसोको ३ः४० देखि सुरुभएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १५औँ मिनेटको समय चल्दै गर्दा झापाको तर्फबाट जर्सि नं.१२ की ममता राउतले पहिलो उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएकी छिन् । यस लगतै झापाकै तर्फबाट जर्सि नम्बर १७की सविता राना मगरले डिबोक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत हुँदै टिमलाई २–०को अग्रता दिलाएकी हुन् ।

प्रतियोगिताको निर्धारित समय सम्म DWFC धरान (सुनसरी)को तर्फबाट भने कुनै जवाफी गोल हँन सकेन । प्रतियोगितामा उत्कृष्ठ गोल गर्ने सबिता राना मगरले प्रतियोगिताको Women of the match प्राप्त गरेकि छिन् । मगरलाई नगद रु २ हजार त्रियुगा नगरपाकिलाका उप-प्रमुख महेश्वरी राई र विर्तामोड नगरपालिकाका उप-प्रमुख नगन्द्र निरौँलाले संयुक्त प्रदान गरेका हुन ।

गत शनिवार बागमति युवा क्लब सर्लाहीलाई हराउँ सेमिफाइनलमा प्रवेश गरेका माउन्ट एभरेष्ट क्लब सुनसरीसंग बुधवार आजको बिजेता टिम All in One क्लव झापाले सेमिफाइनल खेल खेल्ने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्कीले बताए । उनका अनुसार प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा भोली गाईघाट फुटबल क्लव गाईघाटसंग PSWC पथरी मोरङले प्रतिश्पर्धा गर्ने बताए ।